राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बस्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।
उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।
अनुशासन समिति बैठक
यसैबीच सोमबार नै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले एक सूचना जारी गरी सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्