राशिफल

आजको राशिफल – २०८३ वैशाख १५ गते मंगलबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
अरूकाे विराेधले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

आजको राशिफल

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
तत्कालको फाइदा हेर्दा पछिलाई असर पर्न सक्छ। धैर्य एवं इमानदार प्रयासले लाभ दिलाउनेछ। पहिलेका कमजोरी सुधार गर्न सकिनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। प्रतिष्ठित व्यक्तिकाे सहयाेग जुट्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। वादविवादमा मेलमिलाप र परिवारमा आत्मीयता बढ्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका खाेज्ने र समयमा जागरुक नबन्ने प्रवृत्तिले पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्। विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दिगाे काममा जग बसाउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। बेसुरमा काम गर्दा समस्या पर्नेछ। आफ्नैले काममा बाधा पुर्याउन सक्छन्। हाेसियारी र लगनशीलताले मात्र काम बन्ने समय छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजाेर रहे पनि कामको चाप बढ्नेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। पहिलेकाे समस्या सुल्झाउन निकै परिश्रम गर्नुपर्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
भाेगविलासमा खर्च बढ्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। वादविवादले सम्बन्ध कमजाेर बनाउनेछ, बोली–व्यवहारमा सजग रहनुहाेला। धन बाहिरिने समय छ, कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्ला। बुद्धिको उपयोगले काम बन्नेछ। मिहिनेतले विद्या तथा धन आर्जन हुनेछ र सावधानीले मात्र उपलब्धि जाेगाउन सकिनेछ।

(नेपाली पात्रो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.