जन सरोकार

पर्सामा भन्सार छली भित्र्याइएका २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा

पर्सा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले वीरगञ्जको सीमावर्ती बजार रक्सौलबाट भन्सार छली गरेर नेपाल भित्र्याएर अनधिकृत रूपमा चलाइरहेका करिब रू १९ लाख २० हजार मूल्य पर्ने २४ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर वीरगञ्ज भन्सारमा बुझाइएको जानकारी दिनुभयो ।

“यहाँ अनधिकृत रूपमा चलाउँदै आइरहेका भारतीय स्कुटरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ’’, उहाँले भन्नुभयो । प्रहरीले गत शनिबार अवैध रूपमा वीरगञ्जमा चलाउँदै आएका सात वटा भारतीय स्कुटर नियन्त्रणमा लिएर वीरगञ्ज भन्सारमा बुझाएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले गत वैशाख ११ गते २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.