अर्थ

नाकाबन्दीले जुराएको पेट्रोलियम अन्वेषण (भिडियोसहित)

दैलेखको भू–गर्भमा ८० अर्ब घनमिटर क्षमतामा प्राकृतिक, उत्पादन कहिले ?

२०७२ सालमा नेपालमा नयाँ संविधान जारी भएपछि भारतको नाकाबन्दीका कारण मुलुकमा रहेका पेट्रोलियम खानीको अन्वेषण कार्यअघि बढ्यो । चैत २०७२ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो ।

२०७५ माघमा दैलेखको भैरवी गाउँपालिका– १, जलजलेमा १७ पुस २०८१ मा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गर्यो ।

उक्त सहमतिअनुसार २०७६ मा खानी तथा भू–गर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

१६ असार २०७६ मा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्वेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भू–गर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो ।

स्थलगत सर्भेको काम सकेर कोरोना माहामारी सुरु हुनासाथ फागुन २०७६ मा चिनियाँ टोली चीन फर्कियो । महामारीका कारण समयमा काम पूरा हुन सकेन । त्यसपछि १४ चैत २०७८ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो ।

२०८१ पुस १७ गते ४ किलोमिटर जमिनमुनि ड्रिल गर्ने कार्य सम्पन्न भएको थियो । उक्त ड्रिलिङपश्चात् सङ्कलन गरिएका नमुनाको परीक्षणबाट दैलेखको भू–गर्भमा ८० अर्ब घनमिटर क्षमतामा प्राकृतिक ग्यास तैरिएर बसेको प्रतिवेदन नेपाल सरकारलाई बुझाइयो । उक्त तथ्यले दैलेखवासीमा मात्र नभई सिङ्गो देशलाई उत्साह थपेको थियो ।

नेपालमै पहिलोपटक यति ठुलो मात्रामा प्राकृतिक ग्यास तैरिएको तथ्य बाहिरिएपछि प्राकृतिक इन्धनमाथिको परनिर्भरता घटाउने अपेक्षा सबैको थियो । उक्त प्रतिवेदन सार्वजनिक भएसँगै नेताहरूमा अपनत्व लिनमा निकै होडबाजीसमेत चल्यो । तर, अहिले सिङ्गो परियोजना नै सुस्ताएको छ ।

पहिलो चरणको काम सम्पन्न भएसँगै चीन र नेपालबीच भएको दुई पक्षीय सम्झौता सकिएको छ । दोस्रो चरणका कामहरू अघि बढाउन बजेट अभावले अन्वेषणको काम सुस्ताएको हो । नेपाल सरकारले बाँकी अन्वेषणका कामअघि बढाउन बजेट व्यवस्थापन गर्न सकेको छैन ।

चिनियाँ पक्षसँग मागिएको सहयोग पनि प्राप्त हुने वा नहुने भन्ने विषय टुङ्गोमा पुगेको छैन । जसका कारण प्राकृतिक इन्धनमार्फत समृद्धि हासिल गर्ने रणनैतिक महत्वको आयोजना अलपत्र पर्ने जोखिम बढेको छ । आयोजनास्थल सुनसान बनेको छ ।

नेपालको भू–गर्भमा पेट्रोलियम पदार्थ रहेको भनेर लामो समयदेखि चर्चा चल्दै आएको भए पनि दैलेखमा जमिनमुनि अनुसरणात्मक ड्रिलिङमार्फत पेट्रोलियम पदार्थ पत्ता लागेको यो पहिलो परियोजना हो ।

ड्रिलिङको काम सम्पन्न भएसँगै प्राप्त ग्यासको विशेषता कस्तो प्रकृतिको छ भनेर पत्ता लगाउन थप परीक्षणका कामहरू बाँकी नै छन् ।

त्रिपाठी भन्नुहुन्छ, “बाँकी टेस्टिङ गरिसकेपछि आर्थिक, प्राविधिक र वातावरणीय पक्षको सूक्ष्म अध्ययन र विश्लेषणपश्चात् सकारात्मक नतिजा निस्केपछि उत्पादनको कार्य अघि बढ्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.