राजनीति

चक्रपथ विस्तार गर्न नेपाल र चीनबीच ११ अर्ब अनुदान सम्झौता

चीन सरकारले चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न रु ११ अर्ब अनुदान प्रदान गर्ने भएको छ । अनुदान सम्झौतामा बुधबार काठमाडौंमा हस्ताक्षर भएको छ ।

सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत चाङ माओमिङले हस्ताक्षर गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुन नदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत चाङले लगानीको उपयुक्त वातावरण बनेमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्ता यहाँ आउन इच्छुक रहेका बताउनुभयो ।

यस सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ । यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म विस्तार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.