राजनीति

धानखोला–लमही सडकखण्ड स्तरोन्नतिको औपचारिक शिलान्यास

नेपाल र अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए) सम्झौता अन्तर्गत दाङको धानखोला–लमही सडकखण्ड स्तरोन्नति कार्यको औपचारिक शिलान्यास गरिएको छ।

बुधबार वैशाख १७ का दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमले संयुक्त रुपमा पूर्व–पश्चिम राजमार्गको यस ४० किलोमिटर खण्डको पुनःनिर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।

यो आयोजना एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको एक प्रमुख हिस्सा हो। यस बृहत् परियोजनामा कूल ७४७ मिलियन अमेरिकी डलर खर्च हुनेछ, जसमा ५५० मिलियन डलर अमेरिकी सरकारको अनुदान रहनेछ भने १९७ मिलियन डलर नेपाल सरकारको योगदान हुनेछ ।

शिलान्यास समारोहमा बोल्दै नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमले यस आयोजनाले दुई देशबीचको दशकौँ लामो सम्बन्धलाई थप उचाइमा पुर्याएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यो आयोजना एउटा लगानी मात्र नभई हाम्रो द्विपक्षीय सम्बन्धको शक्ति र नेपाली जनताका लागि ठोस नतिजा दिने साझा प्रतिबद्धताको प्रतीक हो। यसले नेपाली जनता र यहाँ कार्यरत अमेरिकी व्यवसायी दुवैका लागि दीर्घकालीन लाभ सुनिश्चित गर्नेछ।”

यस सडक स्तरोन्नतिमा नेपालमै पहिलो पटक ‘फुल डेप्थ रिक्लेमेसन’ र ‘सुपरपेभ आस्फाल्ट’ जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिँदैछ। यो परियोजनामा पुराना सडक सामग्रीलाई पुनः प्रयोग गरी लागत घटाउने लक्ष्य रहेको छ

यो आयोजनाले नेपालको यातायात क्षेत्रमा मात्र नभई समग्र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने र सडक सञ्जाल सुदृढ भएसँगै यात्रा र व्यापारिक ढुवानी सस्तो र सुरक्षित हुने विश्वास लिइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.