अर्थ
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ
नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्राधिकरणका उपकार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गर्नुभएको हो ।
सरकारले ल्याएको अध्यादेशबाट कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य पदमुक्त हुनु भएपछि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्