क्रिकेटखेल

त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल ‘ए’ को लगातार दोस्रो जित, अमेरिका तीन विकेटले पराजित

राजधानीमा जारी त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनायो । अमेरिकाका लागि स्मित पटेलले शतकीय पारी खेले । उनले १०७ बल खेल्ने क्रमा १० चौका र ५ छक्कासहित ११६ रन बनाए ।

त्यस्तै हरमित सिंहले अविजित २५, जसदीप सिंहले अविजित ३३ रन, शायन जहाँगिरले ९, कप्तान मोनाङ्क पटेलले २०, सैतेजा मुक्कामल्लाले १०, मिलिन्द कुमारले ७, शुभम रञ्जनेले १६, सञ्जय कृष्णमुर्तीले १५ तथा शेहान जयसूर्याले ७ रन बनाए ।

बलिङतर्फ नेपाल ‘ए’ का लागि ले दुई तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले एक एक विकेट लिए । अमेरिकाले दिएको २६३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४९ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको लागि मयन यादवले मयन यादवले ८० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ७२ रनको अर्धशतकीय पारी खेले भने सन्दीप जोराले ३६ रन बनाए । मयनले पाँचौ विकेटका लागि कुशल मल्लसँग ९५ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

यस्तै कुशल मल्लले ३३ रन जोड्दा, अनिलकुमार शाहले २७, पवन सर्राफले अविजित २४ तिर्थ राज दाशले २७, बसिर अहमदले १८ र देव खनालले १७ रन बनाए । अमेरिकाको लागि मिलिन्द कुमारले दुई विकेट लिए भने सञ्जय कृष्णमुर्ती, हर्मीत सिंह, नोस्तुष केन्जिके, रुशिल उगारकर र सौरभ नेत्रभाल्कर को भागमा समान एक-एक विकेट रह्यो ।

बिहीबारदेखि सुरु भएको शृङ्खला यही वैशाख २८ गतेसम्म चल्नेछ । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन् ।

आज दोस्रो खेल खेलेको नेपाल ‘ए’ले वैशाख २६ गते तेस्रो खेल स्कटल्याण्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.