जन सरोकार
प्रधानमन्त्री कार्यालयमा गुनासो पुगेपछि म्यानपावरमा छापा, ४३७ वटा पासपोर्ट बरामद
वैदेशिक रोजगारीमा जान तयार रहेका एक युवाले अनियमितता भएको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि जावलाखेलमा रहेको मुन म्यानपावरमा श्रम मन्त्रालयले छापा मारेको छ।
शुक्रबार प्रहरीसहित पुगेको मन्त्रालयको टोलीले उक्त म्यानपावरबाट ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद गरेको छ। संकलित नगदको रसिद भने फेला परेन ।
श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गरिएको गुनासोको जानकारी प्रधानमन्त्री कार्यालयबाट आएपछि छापा मारिएको मन्त्री यादवले बताउनुभयो ।
सो म्यानपावर सिल गरेर कारबाही अघि बढाइने बताउँदै यादवले कुनै गुनासो भए मन्त्रालयमा खबर गर्न अनुरोध गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्