राजनीति
रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सङ्खुवासभा जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन हुनुभएको छ ।
प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत हुनुहुन्छ ।
नयाँ कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ र सहसचिवमा सन्तोष बस्नेत सर्वसम्मत रूपमा चयन हुनुभएको छ । सदस्यमा हेमकुमार राई, गोबर्द्धन राई, जयराम अधिकारी, केसाङ लामा र बुद्धिमान गुरुङ चयन हुनुभएको छ ।
यसअघि, प्रतिनिधिसभा सदस्य सुजता तामाङले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्