पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई फसाउन गठन गरिएको सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताउनुभएको छ ।
फागुन २१ को निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताउँदै अरुले बयान दिए पनिआफूले नदिने र सम्पत्ति विवरण भरेर पनि नपठाउने बताउनुभयो ।
एमालेको केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
त्त्यस क्रममा उहाँले पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिंदै प्रतिशोधको भावनामा कसैले पनि काम गर्न नहुने बताउँदै सङ्गठनमा देखिएका चुनौतीको सामना गर्न सक्ने शक्ति बनाउने गरी एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “एमाले देश, शान्ति, विकास, समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी हो । यसले आत्तिने र हरेश खाने काम गर्नु हुँदैन । आँधी चल्नेबित्तिकै ढलिहाल्ने हाम्रो पार्टी होइन ।”
कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज -भारत प्रवास समेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, सङ्गठन विभाग प्रमुख तथा जनसङ्गठन केन्द्रीय कमिटीका अध्यक्ष र सङ्गठन विभाग प्रमुख सहभागी छन् ।
कार्यशालालाई पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, सङ्गठन विभागका प्रमुख भानुभक्त ढकालले सम्बोधन गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया राख्नुहोस्