राजनीति
प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित
एक हप्ताको विश्रामपछि आज सोमबार बसेको प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु हुनासाथ विपक्षीहरुको अवरोधपछि १५ मिनेटलाई स्थगित गरिएको प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ ।
संसद् सचिवालयले सूचना टाँस गरी आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक भोलिसम्मलाई स्थगित भएको जानकारी गराइएको हो ।
सूचनामा भनिएको छ, “…१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”




प्रतिक्रिया राख्नुहोस्