विश्व समाचार

बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि, जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित

बङ्गलादेशमा आइतबार डेङ्गु सङ्क्रमित थप २२० व्यक्ति भेटिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई थप जनाको मृत्यु भएको रिपोर्ट भएको छ । यससँगै यो वर्ष कुल डेङ्गु सङ्क्रमित सङ्ख्या चार हजार ९०० पुगेको छ भने मृत्यु सङ्ख्या नौ पुगेको छ ।

डेङ्गी र हैजा

स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार मे महिनामा ७१४ व्यक्ति सङ्क्रमित रहेकोमा जुन महिनामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ७०३ पुगेको छ।

नयाँ सङ्क्रमणको यो सङ्ख्या देशका केही भागमा यो महिनामा लामखुट्टेबाट लाग्ने यो रोगको द्रूत गतिमा रहेको वृद्धिको प्रवृत्तिलाई देखाउँछ ।

जुन–सेप्टेम्बरको मनसुन अवधिमा बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम मानिन्छ । बङ्गलादेश लामखुट्टेबाट सर्ने डेङ्गु रोगका लागि उच्च जोखिमपूर्ण राष्ट्र मानिन्छ ।

बङ्गलादेशमा सन् २०२५ मा कूल एक लाख दुई हजार ८६१ जनामा डेङ्गुको सङ्क्रमण भएको थियो भने ४१३ जनाको डेङ्गुजन्य समस्याका कारण मृत्युभएको थियो ।

सन् २०२३ मा यहाँ एक हजार ७०५ डेङ्गुसम्बन्धी मृत्युहरू भएका थिए, जुन अहिलेसम्मकै सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.