राजनीति
रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम हुँदैछ ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ः०० बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन भएको थियो ।
महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्