राजनीति
राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन सरकारलाई अध्यक्षको रुलिङ
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारलाई रुलिङ गर्नुभएको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकमा सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई अध्यक्ष दाहालले रुलिङ गर्नुभएको हो ।
अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु ।”




प्रतिक्रिया राख्नुहोस्