राजनीति

रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ । प्रथम राष्ट्रिय महाधिवेशनपछि बुधबार भएको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुसशान आयोगमा पदाधिकारी मनोनयन गरेको हो ।

केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।

बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनीत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.