राजनीति

एमालेका पूर्वसांसद कोइरी पक्राउ

नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का बासिन्दा लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गर्नुभयो ।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो । मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार हुनुहुन्थ्यो । कोइरी यसपालि पराजित हुनुभयो ।

नेकपा (एमाले)को मधेस प्रदेश कमिटी सदस्य रहनुभएका कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ । सशस्त्र प्रहरीका असइ विकलाई २०७२ भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सडकमै निर्घात कुटपिट गरिएको थियो ।

जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उहाँलाई झारेर कुटीकुटी गरी हत्या गरेका थिए ।

सातवटा वडा रहेको मालिका गाउँपालिकामा चार हजार ५९० घरपरिवारमा १८ हजार ३३२ जनसङ्ख्याको बसोबास छ । पानीको मितव्ययी, व्यवस्थित र दिगो प्रयोगका लागि प्रत्येक धारामा मिटर जडान भएको छ ।

धाराको छेउमा भाँडा सुकाउने चाङ निर्माण छ । मालिका गाउँपालिका–२ मा ७४९ घरपरिवारमा खानेपानी सुविधा विस्तार भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।

“विसं २०८२ मा निर्माण भएको खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत ३३८ घरपरिवारमा खानेपानी विस्तार भएको छ”, उहाँले भन्नुभयो, “आव २०८०÷८१ मा ठूलोरुमका २७३, कलात भनारीमा ७४ र विल्वाङमा ६४ घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको थियो ।”

वडा नं १ निस्कोटमा १२५ र वडा नं ३ को डाडाँगाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ र लुुम्पीपारका ५३ घरपरिवार लाभान्वित भएका छन् । वडा नं ७ को डाडाँगाउँमा ५६ घरमा एक घर, एक धारामार्फत खानेपानी सुविधा विस्तार भएको छ ।

घरमै खानेपानी सुविधा भएपछि समयको बचत, सार्वजनिक धारामा पालो पर्खनुपर्ने र कुवाखोल्साको दूषित पानी प्रयोग गर्नुपर्ने समस्याको अन्त्य भएको मालिका–२ रुमकी विपना पटेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.