पौडेलको उपचारका लागि बलेवा सेवा समाज जापानद्वारा २ लाख ३० हजार येन सहयोग
मेरुदण्डको नसासम्बन्धी जटिल रोगबाट पीडित बागलुङ नगरपालिका–१२, अमालाचौर निवासी ४० वर्षीय शोभाकर पौडेलको उपचारका लागि बलेवा सेवा समाज जापानले सञ्चालन गरेको सहयोग अभियानबाट २ लाख ३० हजार ८ सय जापानी येन संकलन गरेको छ।
समाजका अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर भएका पौडेल हाल उपचाररत हुनुहुन्छ। उपचारका लागि आवश्यक खर्च जुटाउन कठिनाइ भएपछि मानवीय सहयोगको उद्देश्यले अभियान सञ्चालन गरिएको थियो।
संस्थाका कोषाध्यक्ष दीपकराज पौडेलको संयोजकत्वमा सञ्चालन गरिएको अभियानमा समाजका पदाधिकारी, संरक्षक, सदस्य तथा जापानस्थित नेपाली समुदायका विभिन्न शुभेच्छुकहरूले उदारतापूर्वक सहयोग गरेका थिए।
अभियानका क्रममा ५२ जना दाताबाट संकलित २,३०,८०० येन बिरामी शोभाकर पौडेलको नेपालस्थित बैंक खातामा पठाइसकिएको समाजले जनाएको छ।
बलेवा सेवा समाज जापानका अध्यक्ष सुरेन्द्र ‘प्रेम’ले अभियान सफल बनाउन आर्थिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाता प्रति आभार व्यक्त गर्दै विदेशमा रहे पनि आफ्नो गाउँ–समाजका दुःख, रोग र विपत्तिमा परेका नागरिकको साथमा संस्था निरन्तर उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले आगामी दिनमा पनि आपत्–विपत्, प्राकृतिक प्रकोप, स्वास्थ्य उपचार तथा अन्य मानवीय सेवामूलक अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
यस सहयोग अभियानमा बलेवा सेवा समाज जापान, संस्थाका अध्यक्ष सुरेन्द्र ‘प्रेम’, रोशन चापागाईं, राजेश रिजाल, दीपकराज पौडेल, मोहन शर्मा, विकास केसी, अर्जुन लामिछाने, प्रकाश पौडेल, महेन्द्र ढकाल, सरिता पन्त, विष्णुराज पाठक, महेन्द्र पीसी, बुद्धिप्रसाद रिजाल, गणेश पन्त, दीपक अधिकारीले सहयोग गर्नुभएको छ ।
यसै गरी सहयोग गर्ने महानुभावहरुमा सङ्गीता पाठक, प्रकाश रेग्मी, प्रिशा परियार, सन्तोष केसी, बिनोद लामिछाने, शोभा ढकाल, अशोक खत्री, धनराज पौडेल, हरिप्रसाद पाठक, बिनीता ढकाल, प्रकाश पौडेल (पात्लेखेत), रामप्रसाद सापकोटा, कृष्ण अधिकारी, दीपक सापकोटा, लक्ष्मण राउत क्षेत्री, सुरेश श्रेष्ठ, राजेन्द्र सुबेदी (छिस्ती) हुनुहुन्छ ।
त्यसै गरी शालिक शर्मा, ओम गुरुङ (एनआरएनए तोचिगीका संयोजक), युवराज लामा (एनआरएनए तोचिगीका प्रमुख सल्लाहकार) धुर्व पौडेल, विमल शर्मा (ज्यामिरे), दीपक पाठक, नारायण पौडेल, विमल रिजाल, शेषकान्त रिजाल, यामप्रसाद पौडेल (गरिब गाउँले), देवेन्द्र अधिकारी (काउले), गंगा लामिछाने/पौडेल (बरडाँडा), कृष्ण पौडेल, नवीन ढकाल, डिल बीसी, कृष्ण गैरे (सिटी एक्सप्रेस मनी ट्रान्सफर), दीपक पौडेल (डाँडाखेत), सन्तोष पाठक (देउमाडी) तथा सूर्य लामिछानेलगायत ५२ जना सहयोगदाताले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
समाजले सबै सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि बलेवा क्षेत्रका आपत्–विपत्, रोग–व्याधि र मानवीय सेवासम्बन्धी अभियानमा यस्तै साथ र सहयोगको अपेक्षा गरेको छ।




प्रतिक्रिया राख्नुहोस्