राजनीति

प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आव्हान

प्र्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आव्हान गर्नुभएको छ । विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ५ः०० बजे बस्ने गरी बैठक बोलाइएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बस्ने बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिससम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो ।

हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य एक र मुस्लिम आयोगका अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ ।

थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र महिला आयोगमा एक सदस्य पद खाली छ ।

ती पदहरुमा संवैधानिक परिषद्ले नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने सुनुवाईबाट अनुमोदन भएपछि नियुक्त हुने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.