अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्ट फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।
अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा भएको रोमान्चक खेलमा खेलको १३औं मिनेटमा इज्प्त्ला इमाम आशौरको गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गर्दै अस्ट्रेलियालाई १-१ को बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाटहुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टीमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न नासका खेल इजिप्टले आफ्नो पक्षमा पार्यो । यसअघिका विश्वकपको तीन संस्करणमा इजिप्ट समूह चरणबाटै बाहिरिएको थियो ।




प्रतिक्रिया राख्नुहोस्