राशिफल

आजको राशिफल – २०८३ असार २६ गते शुक्रबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझतिर फजुल खर्च बढ्नेछ। अरूको भरपर्दा आफ्नाे फाइदा गुम्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहाेला।

आजको राशिफल

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझतिर महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। साँझतिर अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेकाे रकम खर्च हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
नयाँ काम गर्ने वातावरण बन्नेछ। पहिले रोकिएको काम पनि सम्पादन हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर अरूकाे जिम्मेवारीसमेत वहन गर्नुपर्ला। पेसा–व्यवसायमा कामको चाप बढ्नेछ। फाइदा कम हुनाले जाेश–जाँगरमा कमी आउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वासले धोका हुन सक्छ। साँझतिर आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। बाध्यात्मक परिस्थितिले काम राेकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम लिन सकिनेछ। केही खर्च भए पनि काम बन्नेछ। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ र आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले काम बन्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। पेसा–व्यवसायमा प्रतीक्षित नतिजा कमजाेर रहनेछ। साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। खर्च बढ्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। खर्च लागे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। काममा प्रतिस्पर्धा बढ्नेछ तापनि व्यवसायमा मनग्य लाभ हुनेछ। आफन्त र साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहाेला। साँझतिर अवसरवादीहरूले झुक्याउन सक्छन्। बिनायोजना काम थाल्दा दु:ख पाइनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। अनावश्यक किनमेलमा फजुल खर्च बढ्न सक्छ। साँझतिर नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ।

(नेपाली पात्रो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.