राजनीति

गणेश नेपालीको आत्मदाह घटनामा सरकार गम्भीर बन्नुपर्छ : आशिका तामाङ

प्रतिनिधिसभाका सदस्यहरुले मुगुका गणेश नेपालीको आत्मदाहको प्रयास र उहाँको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै यस घटनामा सरकार गम्भीर बन्न सुझाव दिनुभएको छ ।

बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले यो घटनाबारे सत्तारुढ दल मौन रहेको भनेर संसद्मै प्रश्न उठिरहेका बेला यो घटनाका सन्दर्भमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

बैठकमा तामाङले राइडिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पुर्‍याएपछि आफ्नो राहदानी सम्बन्धी कामका लागि मोटरसाइकल पार्क गरी कार्यालय जाँदा महागरपालिकाले सवारीमा ह्वीललक लगाएको र यसपछिको मानसिक तनावका कारण गाणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल आत्महत्या गर्न गरेको प्रयासको खबरले आफूहरू अत्यन्त दुखी भएको बताउनुभयो ।

तामाङले भन्नुभयो, ‘यो घटना केवल एक व्यक्तिको दुस्खद अन्त्य मात्रै होइन । स्वरोजगारमा संलग्न हजारौं युवाले भोगिरहेको व्यवहारिक समस्यातर्फ राज्यको ध्यानाकर्षण गराउने गम्भीर संकेत पनि हो ।’

यसै गरी सांसद वासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गर्नुभयो ।

साथै उहाँले हरियो रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने उहाँको भनाइ थियो । सुकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको सांसद थापाले बताउनुभयो ।

सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण रु १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद् भएको बताउनुभयो । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उहाँले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.