राजनीति

गृहमन्त्री कन्टेन्ट क्रियटर बन्ने लोभमा लाग्दा गणेश नेपालीको ज्यान गयो (भिडियो)

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनामा सरकार बेखबर रहेको भन्दै गृहमन्त्री कन्टेन्ट क्रियटर बन्न छाडेर जनताको सेवक बन्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताउँदै सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको सुनाउनुभयो ।

शाहीले गृहमन्त्री क्यामेरा बोकेर यता र उता नगई गणेश नेपालीको थप उपचार गर्न भारत लैजान एयर एम्बुलेन्स बन्दोबस्त गर्नेतिर लागेका भए उनको जीवन बच्ने थियो भन्नुभयो ।

जरिवानाकै कारण नेपालीले आत्मदाह गर्नुपरेको यथार्थ सुनाउँदै शाहीले युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.