राजनीति
सर्वोच्चको आदेशसंगै सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ ।
आयोगले बिहीबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सो कार्य स्थगित गरिएको जनाएको हो ।
आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो ।
आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आज(बिहीबार)सम्मका लागि तोकेको थियो ।




प्रतिक्रिया राख्नुहोस्