जन सरोकार

सम्बन्धविच्छेदको प्रमाणपत्र बनाउन घुस लिँदै गर्दा वडा सचिव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई रु १० हजार घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिइ घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरिएको हो ।

आयोगले सेवाग्राहीबाट रु १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट नियन्त्रणमा लिएको हो । आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.