नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।
नेकपा (एमाले)को समर्थनमा मंगलबार अपरान्ह ५ः०० बजे शाहीले प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुभएको थियो काउचाका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच यही साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएको थियो ।




प्रतिक्रिया राख्नुहोस्