मन्त्री खोज्दै कर्नाली : गठबन्धनको गियर अझै न्यूट्रलमै !
हैन ! कर्नालीका मुख्यमन्त्री साउन बाह्राँ नियुक्त भएदेखि नै ककल्लाई मन्त्री बनाउलान हाम्रा मान्छे मन्त्रीयाँ पर्लान कि नपर्लान् भनेर त्यो मुख्यमन्त्रीको क्वाटरतिर आँखा लाउँदा लाउँदै आँखा टट्याईसके तर मन्त्री बनाउन त चालचुलै गर्दैनन् त हँ ।
प्रचण्ड र वलीको गठबन्धनाँ सरकार बनाउने बेलाँ नै कुन पाटीयाट कतिजना र कुनकुन मन्त्रालय कल्लाई भनेर नछुट्याएरै मुख्यमन्त्रीका लागि मात्रै गठबन्धन गर्या रैछन् कि क्या ? कतै नेताहरुको आदेशै मुख्यमन्त्री आँफुहरले बनाउने अनि मन्त्री जति मुख्यमन्त्रीले नै बनाउने त हैन ?
त्यसो हो भने नि आज गोडा पाँचेक दिन भैसक्यो मन्त्री बनाउन न माओवादी न एमाले कोही चालचुल गर्दैनन् त ! हुन पनि कर्नालियाँ सरकार बनाउनु माओवादीका लागि पो हर्ष बढाईँ भो तर त्यै माओवादीले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएर एमालेकै मुख्यमन्त्री फाल्ने अनि फेरि त्यै अविश्वास ल्याउने प्रस्तावसित बिचरा एमाले सभासदहरका लागि के हर्ष बढाँइँ भो र ?
वलीका लागि मात्रै पो हर्ष बढाइँ भा हो ! प्रदेशका साँसदका लागि त “नखाम भने दिनभरिको शिकार खाम्त भने कान्छा बाउको अनुहार” भा छ । प्रदेशको राजनीति गर्दिनुपर्ने आँफुले, कार्यकर्ता र जनतालाई छलनीतिमा हालेर दोषी बनाउने काम वलीले गरेछि बिचराहरको राजनीति नि के हो के हो उनरु नै अन्योलाँ छन् ।
वलीको निरंकुशताले कैले काँग्रेसको बलि चढनु पर्ने त कैले माओवादीको १ वलीको अधिनायकवाद र निरंकुशताले बिचरा देशैभरका सांसदहरु थला परिसक्या छन् ।
गोडा तिनेक वर्ष काँग्रेस शीत दंगाफसाद गरी गरी शासन चलाका कर्नालीका एमालेहरु काँग्रेसी सांसदहरुले राजीनामा देर किनारा लागेछि अब त ढुक्कसित सरकार चलाइन्छ भनेर बसीरा बेलाँ फेरि कुनचाइँ शत्रु लाएर माओवादीलाई चिमोटेर अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्री कँडेल जीको जागिर खाए ।
फेरि त्यै माओवादीसित मिलेर सरकार बना भनेर वलीले घाँटी निचोरेछि कर्नालीका एमालेहरु त्यसै पागल झैँ बन्या छन् त अनि काँट मन्त्री बनाएर काममा फर्किन्छन त भनेर गाई गुईँ गरिरहनु भन्दा त माओवादीहरुले मन्त्री बनाएर खुरुखुरु काम गरे भैगो त ।
जुन दिन वलीलाई आफ्ना कार्यकर्तालाई मन्त्री बनाउन मनलाग्छ बनाई हाल्छन । कर्नालियाँ त मन्त्री बाँडफाँड सजिलो छ त मुख्यमन्त्री हुनेले परम्परागत रुपाँ चलिआका तिन्टा मन्त्री लिने बाँकी ४ मन्त्रालय सरकारलाई टेको लाउने पाटीलाई दिने ।
पूरा प्रदेशैभरि मंगल हुने भो मंगलबार, मंगल शाही मुख्यमन्त्री हुने भए, बालेनले झैँ तेह्रै गते शपथ खान पाउने भए भनेर माओवादीहरले हल्लीखल्ली र हुटिङवाजी गरेका अनि १३ गते शपथ खाकोमा आँफुहरलाई बालेनकै जस्तो आशिर्वाद प्राप्त भको भन्ने माओवादी नेतारु साता दिन बितिसक्दा नि किन मन्त्री मण्डल विस्तार नगरेर बस्या होलान ?!
अब त प्रदेशको शासन सत्ता नै अस्तब्यस्त होला त ? उता कर्मचारीहरु कैले माओवादीको सरकार आउला र मुख मिठ्याम्ला भनेर बस्याछन् । यता माओवादीहरु मन्त्री बनाउन चालचुल गर्दैनन् ।
मान्छे सबै ८४ को चुनाबको रटाना ला’छन् । त्यसैले कामसाम भन्या त्यस्तै हो ! कामबिना बिल मिलाएर खान नि त ढिला होला त ! कति स्टोरकिपरहरु मन्त्री कैले आउलान र तिनका लागि फर्निसिङ र हाँडाभाँडा ल्याम्ला र आफ्नो नि गोजी भरम्ला भनेर छटपटाईरा छन् ।
त्यसैले ढिलो नगरम्है नेताजीहरु १ राज्यको ढुकुटी सिध्याउन नि ढिला गर्छन र रु लौ कर्नालीका माओवादी र एमालेको जयहोस । है त !




प्रतिक्रिया राख्नुहोस्