क्रेमलिन आलोचक नादेज्दिन देश छाडी फ्रान्स पलायन
हालै मस्को बाहिर पक्राउ गरिएका रुसी युद्धविरोधी राजनीतिज्ञ बोरिस नादेज्दिनले सोमबार देश छाडेको घोषणा गर्नुभएको छ । पेरिसबाट पोस्ट गरिएको भिडियोमा उहाँले यो घोषणा गर्नुभएको हो । उहाँलाई संसद चुनाव लड्नबाट रोक लगाइएको थियो ।
नादेज्दिन देशमै बसेर राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोको युक्रेन आक्रमणको खुलेआम आलोचना गर्ने थोरै राजनीतिज्ञहरूमध्ये एक मानिनुहुन्छ । पुटिनका लगभग सबै आलोचकको मृत्यु भएको, जेलमा थुनिएको र निर्वासनमा रहेको पाइन्छ ।
नादेज्दिन सेप्टेम्बरमा कडा नियन्त्रित संसदीय चुनावमा उम्मेदवारी दिन खोजिरहनुभएको समय उहाँलाई मस्कोबाट पक्राउ गरी एको थियो । गत महिना उनको अभियान तीव्र भएपछि अधिकारीहरूले उहाँलाई ‘विदेशी एजेन्ट’ विल्ला लगाएर छोटो समयका लागि पक्राउ गरेका थिए ।
त्यसपछि उहाँविरूद्ध ‘चरमपन्थी प्रतीक’ प्रदर्शन गरेको आरोपमा एक हजार रुबल (१३ डलर) जरिवाना तोकएको थियो । त्यो नाटकीय सुनुवाइमा उहाँको रक्तचाप बढेपछि प्यारामेडिकहरूलाई बोलाइएको थियो। दबाबका बीच उहाँले आफ्नो अभियान छाड्ने घोषणा गर्दै विदेशिनुभएको छ ।
सोमबार उहाँले आफ्नो टेलिग्राम च्यानलमा भिडियो पोस्ट गर्दै भन्नुभयो, “मसँग केही राम्रो खबर छ । म जीवित र स्वतन्त्र छु । दुर्भाग्यवश, रुसमा होइन।” उहाँले भन्नुभएको छ, “अहिले मलाई आफूलाई व्यवस्थित गर्न र अगाडि कसरी बढ्ने भन्ने कुरा बुझ्न आवश्यक छ। मेरो योजनाबारे पछि लेख्नेछु ।”
नादेज्दिनले मस्को बाहिरको डोल्गोप्रुड्नी सहरमा सांसद बन्न अभियान चलाउँदै आउनुभएको थियो । उहाँले गत महिना एएफपीसँग भन्नुभएको थियो, “अधिकारीहरूले उहाँलाई निसाना बनाएका थिए किनकि उनीहरू उहाँको लोकप्रियताबाट ‘चिन्तित’ थिए ।
पूर्व नगरपालिका सल्लाहकारले सन् २०२४ मा पुटिनविरुद्ध राष्ट्रपति पदमा उम्मेदवारी दिन प्रयास गर्नुभएको थियो उहाँले समर्थनका लागि दशौँ हजार हस्ताक्षर जम्मा गरेका थिए तर पछि उहाँलाई मतदानबाट रोक लगाइएको थियो ।
रुसले सन् २०२२ मा युक्रेन आक्रमण सुरु गरेदेखि असहमतिमाथि ठूलो दमन अभियान चलाएको छ ।




प्रतिक्रिया राख्नुहोस्