साइमन दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रामा
पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा पुग्नुभएको छ ।
यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गर्नुभएका उहाँहरू यात्राको सातौँ दिन हेटौँडा पुग्नुभएको हो । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिनुभयो ।
हेटौँडा पुग्नुभएका उहाँहरूलाई आज हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहित सोसाइटीका पदाधिकारी तथा सदस्यले स्वागत गर्नुभएको छ ।
आफू पनि बाल्यावस्थादेखि साइकलयात्रा गर्ने गरेको अनुभव सुनाउँदै ३७ वर्षीय साइमनले १० वर्षीय छोरा ग्रावियलको मेची-महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको जानकारी दिनुभयो ।
छोरा ग्रावियल पोखरास्थित शुभकामना विद्यालयमा कक्षा ४ मा पढ्दै हुनुहुन्छ । साइकल यात्रा यति नै दिनमा पूरा गर्ने भन्ने नभए पनि करिब १५ देखि २० दिनमा यात्रा पूरा गर्ने उहाँले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्