राजनीति
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाटै पक्राउ
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उहाँलाई भक्तपुरको निकोसेरास्थित निवासबाटै पक्राउ गरिएको हाे ।
भक्तपुरका एसपी सुर्य खड्का नेतृत्वको प्रहरी टोली प्रसाईंलाई पक्राउ गरेको हो । आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईंले आन्दोलन गर्ने घोषणा गर्नुभएको थियो । आन्दोलनको कार्यक्रम घोषणा गरेसँगै प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।
उहाँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रसाईंलाई यसअघि जेठ ४ मा पर्साको वीरगन्जस्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्