बिशेषराजनीति

साढे पाँच महिनापछि देउवाको नेपाल आगमन

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुग्नु भएको छ । बिहीबार दिउँसो साढे १२ बजे देउवा काठमाडौँ आइपुग्नुभएको हो ।

उहाँलाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका देउवा श्रीमती आरजु राणा देउवासहित उपचारका लागि सिंगापुर जानुभएको थियो ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित उपचारका लागि सिंगापुर जानुभएको थियो।

स्वास्थ्य उपचारका क्रममा उहाँ सिंगापुर हुँदै हङकङमा पनि बस्नुभएको थियो। करिब साढे पाँच महिनापछि उहाँ स्वदेश फर्किनुभएको हो।

देउवाको स्वदेश फिर्ता नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक राजनीतिक गतिविधिका बीच महत्वपूर्ण मानिएको छ।

पार्टीभित्र नेतृत्व, संगठन र भावी रणनीतिलाई लिएर मतभेद चर्किंदै जाँदा कांग्रेस विभाजनको संघारमा पुगेको चर्चा भइरहेका बेला उहाँको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, देउवा पक्षधर नेताहरूले शुक्रबार (साउन २९ गते) काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेका छन्। उक्त भेलामा देशभरबाट देउवा पक्षीय नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ।

भेलाले कांग्रेसको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

पार्टीभित्र बढ्दो ध्रुवीकरण र आन्तरिक शक्ति–सन्तुलनको बहस चलिरहेका बेला देउवाको स्वदेश फिर्ता र त्यसलगत्तै हुन लागेको राष्ट्रिय भेलालाई नेपाली कांग्रेसको आगामी राजनीतिक दिशासँग जोडेर चासोका साथ हेरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.