विश्व समाचार

अफगान नगर प्रमुखको बम आक्रमणमा मृत्यु

अफगानिस्तानको उत्तरपूर्वी बदख्शान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबीब उर रहमान मन्सूर बिहीबार बम आक्रमणमा मारिएको स्थानीय सञ्चारमाध्यम तोलो न्यूजले जानकारी गराएको छ।

मन्सूर पछिल्ला दुई हप्तामा प्रान्तमा आक्रमणमा मारिएका दोस्रो स्थानीय अधिकारी हुनुहुन्छ । यसअघि, प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख जबीउल्लाह अमिरीको दुई हप्ताअघि सशस्त्र व्यक्तिहरूद्वारा हानेको गोली लागी मृत्यु भएको थियो ।

अफगान सरकारले अहिलेसम्म घटना पुष्टि गरेको छैन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.