कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई तोकेको छ ।
नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको उक्त बैठकले प्रदेश लोकसेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
प्रवक्ता शेर्पाका अनुसार बैठकले राजनीतिक तथा प्रशासन समिति, कानुन, न्याय तथा प्रदेश मामिला समिति र आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार समिति निर्माणसँगै मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्