राजनीति

मुलुकमा अहिले बालेन्द्रतन्त्र हाबी भएको एमाले नेता थापाको दाबी

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर उहाँले लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न खडा हुन नहुने बताउनुभयो ।

भूराजनीतिक चलखेलले नेपाललको राष्ट्रियता र राज्यका अङ्गहरूमा खतरा पैदा गर्ने जनाउँदै सरकारले त्यस्ता खतराहरूबाट मुलुकलाई बचाउनुपर्नेमा नेता थापाको जोड थियो । त्यस्तै उहाँले मुलुकमा बालेन्द्रतन्त्र हाबी भएको बताउनुभयो ।

नेपालको लोकतान्त्रिक इतिहासकै सर्वाधिक कठिन समय आएको उल्लेख गर्दै अहिलेको शासन सत्तालाई बालेन्द्रतन्त्र को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो , ‘२०१७ सालमा महेन्द्रतन्त्र र २०६१ सालमा ज्ञानेन्द्रतन्त्र आएजस्तै अहिले मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको छ ।’

सरकारले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गरेर लोकतान्त्रिक अधिकारलाई कटौती गरेको टिप्पणी गर्दै उहाँले समाजमा महँगी, चोरी डकैती र अराजकता भइरहेको तथा सुकुमवासीको व्यवस्थापन भने हुन नसकेकामा आलोचना गर्नुभयो ।

नेता थापाले सरकार संसदप्रति जवाफदेही नभए वा सत्ता पक्ष–प्रतिपक्षबीच सार्थक संवाद हुन नसके पुनः आन्दोलन हुन सक्नेतर्फ सचेत गराउनुभयो । उहाँको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.