कर्पोरेट/पर्यटन
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान सोमबार देखि पुनः सुरु भएको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार सोमबार समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन् ।
कम ‘भिजिबिलिटी’का कारण हरेक वर्षायाममा पोखरा–जोमसोम हवाई उडान बन्द हुने गरेको छ । पर्यटक आगमनको याम सुरु हुन लागेकाले उडान पुनः सञ्चालन भएसँगै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्