रोशी गाउँपालिकाद्वारा बाढीपीडितलाई १० लाख सहयोगको घोषणा
बुधबार रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित भएकाहरुलाई काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले रु १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।
गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार गाउँपालिकाका जनप्रतिनिधिद्वारा सात दिनको बराबारको सेवासुविधा तथा सम्पूर्ण कर्मचारी/शिक्षकको एक दिनको पारिश्रमिक बराबरको रकम तथा गाउँपालिकाको विपद् प्रकोप व्यवस्थापन कोषबाट सो रकम प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
यसैबीच, भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभ्रेपलाञ्चोकका ५२ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारसँग जानकारी गराउन सार्वजनिक अपील गरिएको छ । कार्यालयद्वारा जारी सूचनामा जिल्लास्थित आपत्कालीन केन्द्रको फोन नं १२३४ मा जानकारी गराउन वा ९७४३९६८८३६ र ९८५१२३७७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्