मलेसियामा जारी एसिसी प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
मलेसियाको बांगीमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ३६.२ ओभरमा ८७ रनमा समेटियो । बहराइनको लागि फिआज अहमेदले १५ १५ र मुहम्मद वासिमले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालको लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर पाँच विकेट लिए भने ललित नारायण राजवंशीले तीन विकेट लिँदा करण केसीको भागमा दुई विकेट रह्यो । बहराइनले दिएको ८८ रनको सामय लक्ष्य लिएर मैदान उत्रेको नेपालले २१ ओभरमा ३ व्केट गुमाउँदै पूरा गर्यो ।
नेपालको लागि अर्जुन कुमालले ३६ रनमा अविजिर रहे भने रोहित पौडेल १९ रनमा नटआउट रहे । यस्तै आसिफ शेखले १८ रन जोड्दा देव खनालले १० र इशान पाण्डेले एक रन बनाए । बहराइनका लागि इमरान जावेदले दुई विकेट लिए भने अर्को एक विकेट रनआउट मार्फ्त रह्यो ।
एकदिवसीय क्रिकेटमा पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले पहिलो खेलमा जित हासिल गर्यो । जितसंगै नेपालले पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गरेको छ ।
जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् ।
नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।
एसिसी प्रिमियर कपमा १० टिम सहभागी छन् । यसबाट उपाधि जित्ने टिमबाट एसिया कपमा छनोट हुनेछन् । एसिया कप २०२७ मा बंगलादेशमा हुँदैछ ।




प्रतिक्रिया राख्नुहोस्