जन सरोकार

रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिदिने भएको छ ।

कोषले रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो ।

रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ । वैद्यको सम्पर्क नं ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने पनि उहाँले बताउनुभयो ।

यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ । विपद्मा एक, अर्कालाई सहयोग गरी मानवता जोगाउन कोषले यो सेवा सुरु गरेको सदस्य भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.