जन सरोकार

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ ।

प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा बरामद गरिएको जानकारी दिनुभयो ।

प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको हो । पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.