राजनीति

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा ४० सदस्यीय समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि केन्द्रीय राहत, उद्धार तथा पुनःनिर्माण सहयोग समिति गठन गरेको छ ।

एमालेको ६३ जिल्ला अधिवेशन

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीका केन्द्रीय सचिव एवं बागमती प्रदेशका सचिव महेश बस्नेतको संयोजकत्वमा ४० सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रभावित जिल्लाका पार्टी नेतृत्व र भातृ सङ्गठनका प्रमुख राखिएको छ । समितिअन्तर्गत विभिन्न कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारीे बाँडफाँट गरिएको छ ।

कार्यविभाजनअनुसार समितिका टोली यही भदौ १६ गते रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रस्थान गर्ने जनाइएको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्नेछ ।

यसअघि एमालेका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित नुवाकोटलगायत क्षेत्रमा स्थलगत अध्ययन गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमा उल्लेखित सुझावका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार समिति गठन गरी कार्यविभाजनसहित जिम्मेवारी तोक्नुभएको एमालेले जनाएको छ ।

यसैबीच एमालेको तेस्रो केन्द्रीय कमिटीको बैठक आगामी असोज ५, ६ र ७ गते काठमाडौँमा बस्ने तय भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले बैठकको मिति तय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा विपद्पछिको अवस्था, समसामयिक राजनीतिक विषय, पार्टीको साङ्गठनिक अवस्था तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.