अर्थ

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । राहत कोषमा बुधबारसम्म रु सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जसमध्ये हिजोमात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु एक अर्ब निकासा गरिएको थियो । त्यसमध्येबाट रु छ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकास भइसकेको छ ।

उक्त कोषमा हाल रु छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ भने थप रु ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.