क्रिकेटखेलबिशेष

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

नेपाल प्रिमियर कप च्याम्पियन

नेपाल आगामी वर्ष बंगलादेश आयोजना हुने एसिया कपमा छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल दोस्रो पटक एसिया कपमा छनोट भएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । नेपालको लागि आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रनको शतकीय पारी खेले भने गुलसन झाले ३८ बलम ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै अर्जुन कुमालले ६३ बलमा ४ चौकको मद्दतमा ४३ रन जोड्दा रोहित पौडेलले ४४ बलमा २ चौकको सहयोगमा ४० रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रन बनाए ।

यूएईको लागि इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा बिन तनवीरले २ विकेट लिँदा अदीप उस्मानी र हैदर अलिको भागमा समान १-१ विकेट रह्यो । नेपालले प्रस्तुत गरेको ३ सय १४ रनको लक्ष्य लिएर मैदान उत्रेको युएई ४९ दशमलव १ ओभरमा २ सय ६९ रनमा अल आउट भयो ।

यूएईका लागि राहुल चोपराले १०५ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अविजित १०० रनको श्रकीय परी खेलेपनि त्यो टोलीलाई जित दिलाउन पर्याप्त हुन रहेन । त्यस्तै शोयब खानले ५२ रनको अर्धशतकीय पारी खेल्दा तनिश सुरीले ४२ कप्तान हरप्रित भाटियाले ३३ र खुजैमा बिन तनवीरले १५ रन बन्नौना नहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।

जितसंगै नेपालले दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जितेको छ । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो भने युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

यसपटक उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउनेछ । जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । यूएई भने अपराजित रहँदै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.