फोटो फिचरबिशेष

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना (फोटोहरु)

भोटेकोशी नदीको बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नपा–८ जिलिङ जोड्ने दुई पक्कि पुलमा क्षति पुर्‍याएसगै देवीघाटमा एक्रोब्रिज जडानकार्य युद्धस्तरमा भैरहेको छ ।

नेपाली सेनाको टोलीले मार्फत पुरानै पुलको जिप उपभोग गरेर ५७.५ मिटर लम्बाई र ५.५ मिटरचौडाईको ७० टन भारवाहन क्षमताको एक्रोब्रिज जडान थालिएको हो । पाँच दिनभित्र पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

एक्रो ब्रिज पूर्वनिर्मित इस्पातबाट बनेको अस्थायी वा अर्धस्थायी पुल हो। प्राकृतिक विपद्, बाढी, भूकम्प वा युद्धका कारण पुल भत्किँदा छोटो समयमै यातायात सञ्चालन गर्न यसलाई प्रयोग गरिन्छ।

छिटो जडान र निर्माण गर्न सकिने, स्टिलका तयार पार्टपुर्जा जोडेर बनाइने भएकाले सडक यातायातका लागि उपयुक्त हुनुका साथै आवश्यकता अनुसार पछि स्थायी पुलले प्रतिस्थापन गर्न सकिन्छ ।

नेपालमा बाढी र पहिरोपछि सडक सञ्जाल पुनः सञ्चालन गर्न नेपाली सेना र सडक विभागले भएकाले बेली ब्रिजसंगै पटक–पटक प्रयोग गर्दै आएका छन्।

एक्रो ब्रिज र बेली ब्रिज उस्तै देखिए पनि पूर्ण रूपमा एउटै भने होइनन्। एक्रो ब्रिजलाई बेली ब्रिजकै आधुनिक विकसित संस्करण मानिन्छ।

नेपाल सेनाबाट देवीघाटमा एक्रोब्रिज निर्माण गर्दैः
त्रिशूली (नुवाकोट) २१ भदौ ः नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नपा–८ जिलिङ जोड्ने गरेर देवीघाटमा नेपाली सेनाकाे टाेलीले एक्रोब्रिज निर्माण गर्दै । भोटेकोशी नदीको बाढीले उक्त स्थानमा रहेका दुई पक्कि पुलमा क्षति पुर्‍याएसगै सेना मार्फत पुरानै पुलको जिप उपभोग गरेर ५७.५ मि.लम्बाई र ५.५ मि. चौडाईको ७० टन भारवाहन क्षमताको एक्रोब्रिज जडान थालिएको हो । पाँच दिनभित्र पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तस्बिर ः रामहरि न्यौपाने÷रासस

तस्बिर रामहरि न्यौपाने/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.