जन सरोकार

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको भारतीय मुद्रासहित वीरगञ्जमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई शनिबार पक्राउ गरिएको हो ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका रु ५०० दरका ८९१ थान, रु २०० दरका नोट र रु १०० दरका ४३ थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.