‘बा’ आफ्नै ‘छोरा’ छाडेर झड्केला छोरातिर ?
हैन ! यो काँग्रेस भन्ने पाटी त फुट्याथ्यो फुट्याथ्यो अब त एमाले नि फुटला जस्तो गर्यो त हँ ! एमाले पाटीयाँ बादलले र शंकर पोखरेलले छुट्टाछुट्टै दस्तावेज पेश गरे भनेर चिच्याकल्लो भैराको सुनिन्छ त !
दस्ताबेज पेश गर्ने मान्छ्या नाम सुन्दा त यौटा एमाले अनि अर्का माओवादी एमाले पो हुन् जस्ता छन् त ! यसो छाँटकाँटले त बाले पाटी झड्केला छोराहरु बादल र लेखराज भट्टलाई नै सुम्पिन्छन कि जस्तोछ त !
के भन्न सकिन्छ र पाटी बैठकाँ पोखरेललाई साथ दिने भन्दा भट्ट र बादलतिरका मान्छै बाका लागि भरसिला देख्खिए भने बाले तिनरलाई नै सुम्पिन्छन नि ! उनलाई के मतलब छ र आफ्ना छोरा हुन् कि झडकेला छोरा जल्ले उनलाई राम्रो गर्छ जस्तो लाग्छ उसैलाइ सुम्पिन्छन । जब त्यो पाटीयाँ आफ्नो रब्बादब्बा राख्न पाटी कस्का पोल्टाँ हाल्दिँदा राम्रो हुन्छ त्यसैका पोल्टाँ हाल्दिन्छन नि बाले ।
जब पाटीभित्र आफ्नो एकछत्र राज चल्न दिईँदैन भने जल्ले आँफुलाई मनपरी रजगज चलाउन दिन्छ त्यसैलाई पाटीको जिम्मा दिन्छन नि बाले पनि माओवादी हुन कि एमाले, उनलाई सिङ्गो पाटी र दुख गर्या कार्यकर्तासित के सरोकार !
पाटीभित्र विष्णु पौडेल, शंकर पोखरेल जस्ता अनेकन कार्यकर्ता घुर्की सुन्नु भन्दा त बरु महेश बस्नेत, रामबहादुर थापा बादल, लेखराज भट्ट जस्ता स्वाँठहरुकै कुरो सुन्दा पाटीमा आफ्नो हैकम जमिरहन्छ भने पुराना त्यागेर नयाँको साथ गर्नु फलिफापै भो केरे नि त्यसैले गर्दा नि बा ऐले राजनीतिक कोट्ले फेरेकै ठिक भनेर लाग्या छन् ।
हेरम कतै काँग्रेसका गगन थापाले पुराना र दिग्गज नेताहरलाई तह लाएर पाटी संगठन जति युवालाई जिम्मा लाएर नो नेपोबेबी गरिराछन । त्यस्तै गरेर जल्लाई आफ्नो भनेर च्यापो तिनैले बालाई नि तरलाए भने चाईँ आउने चुनाबाँ एमालेको बिवै नासिन नि सक्छ । त्यसै त पुराना दल भनेछि ऐल्या सत्तारुढवालाहरले गरिखान द्या छैनन् ।
रास्वपाहरको दिनहुँको वितण्डा र मारकाट अनि समाजमा फैलिएको अशान्ति हेर्दा त अब अरु पाटीयाँ कार्यकर्ता त शिला खोजे जस्तो पो होला जस्तो छ त ! अरु पाटीयाँ बसेर बाँच्नै नपाउने जस्तो स्थिति भएछि बाँच्ना लागि भए नि कार्यकर्ता जति झोलितुम्मडि भिरेर रबिको पाटीयाँ गएर खरानी नघसी कामै नहुने भो !
त्यसैले अब काँग्रेस र एमाले फुटुन कि जुटुन जनताले बालै मतलब नराखेर खुरुखुरु जसरी दैनिक रास्वपाँ गाछन् त्यो हेर्दा त अब देउबालाई गगनले पाटीयाट लखटेझैँ कुन दिन एमालेहरले नि बालाई लखेटछन् जस्तो छ ।
ल है बा बेलैमा होस पुर्याउनु होला अब तपाईंलाई पाटीयाट लखेटे भने भदौ २४ साँ लखेटेर भैरब दलाँ ज्वाईँलाई सत्कार गरेर राखेझैँ राख्नेवाला छैनन् त्यसैले कमसेकम अब त सुध्रिनुस यार !
डाँडापारीको घाम भैसक्दा नि कत्रो घमण्ड हो के ! मान्छेले मर्ने बेलाँ स्वर्गाँ जान पाम् भनेर कत्रो चाहना राख्छन् तपाईं भने जतिजति यमराजको प्यारो हुने बेला आयो त्यति त्यति नर्गको बाटो रोज्नु हुन्छ गाँठे ।
तपाईंको यो चालाले त आजसम्म एमाल्याँ बसेर गर्या दुख्ख र योगदान जति त तपाईंका कार्यकर्ताले त क्षणभराँ बिर्सने भए त तपाईंको यस्तो बानि ब्यहोराले गर्दा ! के साँच्चै तपाईंमा चेतना नआउने नै हो त !?





प्रतिक्रिया राख्नुहोस्