जन सरोकार

बाढीपीडितसँग अस्पतालको आइसीयुमा अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण

रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानलमार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै रसुवामा आएको बाढीका क्रममा त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग अस्पतालको आइसीयुमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलमार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो ।

यसअघि सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएको सातौ दिनमा फेला परेका एक पथप्रदर्शक अस्पतालमा उपचाररत रहेको अवस्थामा आइसीयुबाट अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषयमा समेत काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ । यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.