राजनीति

नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८५

नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसङ्घका लागि माइक्रोनेसियाको सङ्घीय राज्यका स्थायी प्रतिनिधि जीम एस लिप्पवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको नेपाली नियोगले जनाएको छ ।

सो अवसरमा दुवै राजदूतबीच राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा साझा चासोका विभिन्न विषयमा एक अर्कालाई सहयोग गर्नेबारे विचार आदानप्रदान भएको थियो ।

माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी टापु मिलेर बनेको एक द्विपीय राष्ट्र हो । माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो ।

सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर छ भने अनुमानित जनसङ्ख्या एक लाख रहेको छ । नेपाल र माइक्रोनेसिया दुवै ‘जी ७७ चाइना समूह’का सदस्य हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.