राजनीति

राष्ट्रियसभामा मूल्यवृद्धि नियन्त्रण गर्न माग

राष्ट्रियसभाका सदस्यहरुले पछिल्लो समय चामल, दाल र तेललगायतका अत्यावश्यक खाद्य सामग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धिले न्यून आय भएकालाई दैनिक जीवन चलाउन चुनौती भएको जनाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद मीनासिंह रखालले मूल्य वृद्धिले न्यून आय भएकालाई समस्या तुल्याएकाले समस्या समाधान गर्न माग गर्नुभयो ।

सदस्य रामकुमारी झाँक्रीले पछिल्ला दिनमा विद्युतीय सवारीको प्रयोग र दुर्घटना बढिरहेकाले त्यस सम्बन्धी स्पष्ट नीति र कानुन आवश्यक रहेको बताउनुभयो ।

सदस्य रेखाकुमारी यादवले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्नुभयो । पत्रकारले गलत लेखेमा खण्डन गर्ने कानुनी व्यवस्था हुँदाहुँदै आक्रमण गरिनु निन्दनीय भएको उहाँको भनाई थियो ।

सदस्य रोशनी मेचेले अर्थमन्त्रीको भारत भ्रमणका क्रममा समकक्षीसँग भएको भेटवार्तामा किन नेपालको राष्ट्रिय झण्डा नराखेको भनी प्रश्न गर्नुभयो ।

सदस्य सम्झना देवकोटाले देशमा ६० वटा ग्यास भर्ने उद्योग रहेको तर एउटाले अर्काको सिलिण्डर नसाट्दा बजारमा समस्या भएकोबारे सदनलाई जानकारी गराउनुभयो ।

सदस्य सोमनाथ पोर्तेलले वर्तमान सरकारले दलित समुदायको परम्परागत पेसा प्रवद्र्धनका लागि छुट्याइएको रु ५० करोड मध्ये रु ४० करोड रकमान्तर गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.