राजनीति

जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले ‘जेनजी’ आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले झापाको बिर्तामोडमा केही दिनदेखि आमरण अनशनमा बसेका जेनजी आन्दोलनका घाइते युवाहरुको माग र उनीहरुको अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

झापा क्षेत्र नं ३ का सांसद पाठकले संसद्मा बोल्दै आन्दोलनका घाइतेहरुको न्याय, उपचार र उचित व्यवस्थापनको माग गर्नुभएको हो ।

सांसद ज्ञानबहादुर शाहीले सरकारले राजदूत नियुक्तिमा मापदण्ड निर्धारण गरेको तर हाल सिफारिस गर्दा कार्यान्वयन नगरेको भनी आरोप लगाउनुभयो । उहाँले अन्तरराष्ट्रिय निकायमा काम गरेको व्यक्ति राजदूत पद्का लागि योग्य हुनुपर्ने भए पनि त्यो प्रावधान हाल कार्यान्वयन नभएको टिप्पणी गर्नुभयो ।

सांसद शम्भुकुमार यादवले विद्युतीय प्रयोग गर्दा करेन्ट लागेर मृत्यु हुने घटना बढेको उल्लेख गर्दै सुरक्षित विद्युत्को व्यवस्था गर्न माग गर्नुभयो ।

सिरहामा गत वर्ष करेन्ट लागेका १२६ घटना भएका र त्यसमध्ये ५० जनाको निधन भएको जानकारी गराउँदै उपभोक्ताको चेतनाका साथै विद्युतीय पूर्वाधार, मापदण्ड र सम्बन्धित निकायको जवाफदेहिताको कमी भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.