बिचार

पुराना दलमा गुटको कुस्ती, रास्वपामा युवाको ओइरो

वलीले बिस्तारै पाटी सिध्याउँदैछन् । काँग्रेसीहरुले सिध्याइसके । अब काँग्रेस एकजुट र पैलो पाटी बनेर आउन गोडा बिसेक बर्ष लाग्न सक्छ त्यो पनि यो गुठ र त्यो गुठ नभनेर पाटीलाई सबैको स्वःस्फूर्त भावना बनाएर एक्कै ढिक्का बनाएर लग्दा ।

हैन भने ऐले देशै भर जुन लहर चल्याछ त्यो लहर मेटन रास्वपाका कार्यकर्ताले जनतालाई जतिसुकै अमन पर्ने काम गरेनि जनता घण्टीको आवाजले भाग्ने जस्तो छाँट देखिन्न ।

हिजोका चुनाबका बेलासम्म रास्वपा शहर बजारतिर मात्रै सिमित छ भनेर चित्त बुझाउने हरुका अगाडि ऐले जिल्ला जिल्लाबाट युवाजति खर्लप्पै उठेर रास्वपाको लाईनमा उभिन लाग्या देख्दा पुराना दलहरुलाई भित्रभित्र भाउन्न त छुट्याछ तर के गर्नु आफ्नो पाटि भित्रको खैलाबैलाले बिचराहरु के गरम र कसो गरम् भाछन् ।

रास्वपाको सबैभन्दा कमजोर प्रदेश भनेको कर्नाली प्रदेशकै अवस्था हेर्दा ऐले यो प्रदेशाँ सबैभन्दा बलियो उपस्थिति उनिहरुले नै देखाउन थाल्या छ ।

यो क्षेत्रका बलिया पाटि नेताहरु आपसाँ कुस्ती खेलाखेल गरेछि यै हो मौका भनेर लागेका रास्वपाहरले दैलेखका युवाजतिलाई सर्लक्कै बोकेर लगेछि ऐले दैलेखका मात्रै हैन त्यसका छिमेकी जिल्लाका काँग्रेस कमिनिष्टका घराँ खैलाबैला मच्च्या छ ।

दैलेखका युवाहरु सोहोरियर गएको १र२ दिनाँ सुर्खेतका जनप्रतिनिधि सहित अब कतिकति युवाहरु रास्वपाँ फालहाल्ने हुन ठेगान छैन ।

निरन्तर युवाहरुलाई पाटीमा भित्र्याउने खेलमा लागेका रास्वपाका नेताहरुले कर्नाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एमालेबाट विजयी एमाले मेयर साहबको १ नम्बर प्रतिरक्षक वडानं ३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई समेत लगेछन ।

जुन कुराको जानकारी उनकै फेसबुकबाट शुक्रबार बिहानै था पाइयो । वीरेन्द्रनगर भनेको सधैभरि एमालेको कब्जामा रहेको नगर हो ।

वीरेन्द्रनगरको ३ नम्बर नै सबैभन्दा धेरै मतदाता र जनसंख्या भएको वडा हो त्यो वडाबाट अध्यक्ष जितेका ब्यक्ति नै पदको मायाँ मारेर रास्वपा गएको उनको फेसबुकबाट र उनका पाटीका नेताहरुले समेत यस्तो निर्णय नगरिदिएको भए हुन्थ्यो भनेर गरेको दुखेसोबाट समेत अब उनी सँधैका लागि एमाले छोडेर रास्वपामा गए र अब सायद फर्किन्नन् पनि होला भन्ने लखकाटन गाह्रो भएन ।

सम्भवतः वलीकै हठवादी नीतिका कारण विनोदले पाटी छोडेको हुनसक्छ भने उता रास्वपा बलियो हुन दिन काँग्रेस पाटीबीच महाधिवेशनमा भएको दुई खेमा बीचको ऐलेको लडाइँ नै पनि एक नम्बर जिम्मेवार बन्या छ ।

पाटीभित्रको झगडालाई नमिलाएर खाली आफू नेता बन्ने होडबाजीमा उत्रिएका काँग्रेसीहरको चरित्रका कारण पाटी महाधिवेशनाँ आफू र आँफूले भनेका र चाहेका मान्छेलाई नेता त बनाउलान् तर तर त्यो महाधिवेशनले राजनीति गरेछि चुनाव जित्ने र जनप्रतिनिधि बनेर जनताको सेवा गर्ने हक कुनै पनि हालताँ दिलाउने अबस्था देखिन्न ।

त्यसैले आगामी फागुनमा भनेको निर्वाचनमा पनि पुराना दलले हैन कि पुरानै दलले लग्ने सम्भावना बलियो बन्दै गै रहेको छ । आपसी द्वन्द्व र ईगोले काँगेसलाई निमिट्यान्न पार्ने खेलमा लागेका पुराना दलका पुराना नेताको खेलले पुराना दल सिध्दिने र अब नेपालमा नयाँ दल स्थापित हुँदै जाने बाटो खनिदैछ हेरम् युवाहरुको खेलमा बज्ने घण्टीले फउल धेरै संकेत गर्छ कि अंक प्राप्तिको ! कि कसो हो !?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.